
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पुस ४ गते दिएको अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन भएको छ । सनातन धर्मावलम्बी नेपालको आयोजनामा मन्त्री किराँतीविरुद्ध आइतबार काठमाडौँमा प्रदर्शन भएको हो ।
सनातन संस्कृतिको खुलेआम विरोध गरेको भन्दै किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने प्रदर्शनकारीको माग छ । मन्त्री किराँतीले क्रिश्चियन ‘धर्मविरोधीलाई जेल हाल्नुपर्छ’ भन्ने भनाई व्यक्त गरेपछि त्यसको विरोध भइरहेको छ ।
विरोध प्रदर्शनका क्रममा नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गएर अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताउनुभयो । मन्त्री किराँतीले ‘सामाजिक सद्भाव बिगार्ने’ काम गरेको र उहाँलाई ‘बर्खास्त गर्नुपर्ने’ प्रदर्शनकारीका माग छ ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराँती राजीनामा दे’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा