
काठमाडौँ । ज्यान मुद्दामा अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ ।
आज सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीसंग भोटघाट गर्नुभएको हो । सांसद कोइरीलाई पार्टी अध्यक्ष ओलीको स्वागत गर्नुभएको थियो ।
कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेको थियो । अदालतमा मुद्दा चालिरहेको समयमै उहाँ महोत्तरी–१ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित हुनु भएको थियो् । निर्वाचित भएर सांसदको शपथ लिए पनि पछि सदनमा प्रश्न उठेपछि उनको सांसद पद निलम्बन भएको थियो।
मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले उहाँलाई ज्यान मुद्दामा सफाइ दियो । अदालतबाट सफाइ पाएसँगै कोईरीले संसद् सचिवालयमा आफ्नो निलम्बन फुकुवा गर्न निवेदन दिनुभयो । उक्त निवेदन र अदालतको पत्रका आधारमा सांसद कोइरीलाई संसद् सचिवालयले आइतबार निलम्बन फुकुवा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा