
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको प्रहरीले जनाएको छ ।
सुनकोशी गाउँपालिकामा उक्त बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो । पूर्वअरनिको यातायात सेवा समितिको उक्त बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बोहोरेटार–३ मा ठक्कर दिएको थियो ।
बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मोटरसाइकलमा पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र मोटरसाइकल चालक खोटाङ तुवाचुङ नगरपालिका –२ का कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मुनाकलाको घटनास्थलमै र कुमारको उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
बस चालक मन्थली १३ फुलासीका २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा