
काठमाडौँ, नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो ।
कलाकारसँगै पटकथा लेखक समेत रहनुभएका अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्राइम, सस्पेन्स र थ्रिलर विधालाई मिश्रण गरेर चलचित्रको पटकथा तयार भएको छ । अहिले आइरहेको भन्दा फरक गर्ने प्रयासमा यो समूह तयार गरिएको छ ।”
यसै चलचित्रमार्फत निर्देशकीय यात्रा प्रारम्भ गर्न लाग्नुभएका निर्देशक पाण्डेले आफूलाई राम्रो दर्शकको रूपमा परिचय गराउनुभयो । “म धेरै चलचित्र हेर्छु । विगत दुई दशकदेखि चलचित्र निर्माण गर्ने योजनाअनुरुप आफूलाई तयार गरिरहेको थिएँ”, निर्देशक पाण्डेले भन्नुभयो, “यसमा कलाकारलाई नभई पात्रलाई दर्शकले स्मरण गर्नुहुनेछ । यसको हिरो नै कलाकार नभई कथा हो ।”
अभिनेता महेश त्रिपाठीले पछिल्ला चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा भिन्न पात्र र विधा भएकाले सहकार्य सम्भव भएको बताउनुभयो । “यसको विषयवस्तुमा नयाँपन हुनुका साथै कलाकारलाई दिइएको पात्र फरक छ । निर्देशक वा निर्माण समूह नयाँ देखिए पनि काम अनुभवीभन्दा कम छैन”, अभिनेता त्रिपाठीले भन्नुभयो ।
अभिनेत्री श्रेष्ठले छायाँकन अगाडि भएको कार्यशालाले पात्रलाई जीवन्त बनाउन मद्दत गरेको बताउनुभयो । “मैले कथा पढ्दा नै अगाडि के होला रु भन्ने जिज्ञासा हुन्थ्यो । आफ्नो भूमिकामार्फत अभिनय क्षमता देखाउने प्रशस्तै अवसर छ । यसले मेरो करिअरमा नयाँ आयाम थप्नेमा विश्वस्त छु”, अभिनेत्री श्रेष्ठले भन्नुभयो ।
विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्टस्को सहकार्यमा बन्ने चलचित्रको छायाँकन शनिबार बेलुकी ११ः५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने