
गोलबजार । सिरहाको कृषि ज्ञान केन्द्रमा सूचनाको हकसम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोग आयुक्त रत्नप्रसाद मैनालीले जिल्लाका सरोकारवाला, सूचना अभियान्ता र पत्रकारलाई अभिमुखीकरण तालिम प्रदान गर्नुभएको हो ।
त्यस अवसरमा जिल्लाका सार्वजनिक एवं स्थानीय निकायमा सूचनाको हक कार्यान्वयन अवस्थाबारे छलफल गरिएको थियो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त मैनालीले राष्ट्रपति कार्यालयदेखि वडा कार्यालयसम्म सार्वजनिक निकाय भएकाले सूचना माग्ने प्रत्येक नागरिकको अधिकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक निकायले गरेका कार्यको सूचना कसैले माग गरेमा समयमै उपलब्ध गराउनुपर्छ ।”
जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी भवेश झाले जिल्लामा सूचनाको हक कार्यान्वयनको अवस्था सन्तोषजनक नभए पनि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई जिम्मेवारीवोध गराउँदै आएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा