
म्याग्दी । रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी महिलाको उद्धार भएको छ । कुवेतमाश्रम शोषणमा पर्नुभएकी बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको उद्धार भएको हो।
आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुग्नुभएकी ३३ वर्षीया चोखालले श्रम शोषण भएको भन्दै आफूलाई उद्धारको लागि अनुरोध गर्नुभएको थियो । उहाँको अनरोधपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ .एनआरएनए) कुवेत लगायत संघ, संसथाको पहलमा उद्धार गरिएको हो ।
कुवेतबाट नेपाल फर्कनुभएकी चोखाल बुधबार आफ्नो घरमा आइपुग्नुभएको छ । खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल हुनुभएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुशी बाँडेका थिए । आठ महिनाअघि जटिल रोगबाट ग्रसित पति उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा पर्नुभएको थियो ।
हिराकुमारीले कुवेतमा दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको सुनाउनुभयो । समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गर्नुपरेको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने