
काठमाडौँ । सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
स्वास्थ्यमन्त्रीको आदेशमा मन्त्रालयले डा. पौडेललाई वीर अस्पतालको कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालयमा तान्ने निर्णय गरेको थियो । त्यो निर्णय विरुद्ध डा पौडेल अदालत जानुभयो । मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको विषयमा स्पष्टीकरण सोध्यो ।
पौडेलले स्पष्टीकरण बुझाइनसक्दै शुक्रबार कान्ति बाल अस्पतालमा सरुवा गर्ने निर्णय भएको थियो । तर मंगलबार सर्वोच्च अदालतले कार्यकारी निर्देशकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डा. पौडेल वीरमा फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता