
बाँके । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले समुदायका अगुवाहरूले गाउँपालिकासँग सङ्ग्रहालय बनाउन माग गरेका हुन् ।
थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराउनुभयो । उहाँले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक वनको जमिन सङ्ग्रहालय बनाउन माग गर्नुभयो । सङ्ग्रहालयलाई पालिकास्तरीय प्राथमिकता प्राप्त योजनाका रूपमा सूचीकृत गरी निर्माणका लागि पालिकाबाटै बहुवर्षे बजेटको व्यवस्था गरिदिनुपर्ने, थारु जातिको चाड तथा नयाँ वर्षका अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरिएको छ ।
नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रूपमा थारु सङ्ग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीयस्तरमा रोजगारका अवसर सृजना गर्नुपर्नेलगायतको माग रहेको अगुवा थारुले बताउनुभयो । बैजनाथ गाउँपालिकामा कूल जनसङ्ख्याको ३८ प्रतिशत थारु समुदाय छन् । थारु सङ्ग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहले ६ बिघा जमिन उपलब्ध गराइसकेको छ । गाउँपालिका अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०÷८१ मै थारु सङ्ग्रहालय निर्माणका लागि प्रतिवेदन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्ग्रहालयको प्रतिवेदन बनेपछि बजेट पाउने सुनिश्चित हुन्छ, प्रतिवेदन तयार गर्न म प्रयास गर्ने छु ।’
थारु समुदायको ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले बताउनुभयो । उहाँले ‘शहीद’ वैजनाथ थारुको सम्मानस्वरूप गाउँपालिकाको नामकरण गरिएको स्पष्ट पार्दै स्थानीय सरकारले थारु समुदायलाई हरेक कार्यक्रममा समेटेको बताउनुभयो । थारु समुदायको खानपान, कला, संस्कृति, भेषभूषा र इतिहास बचाउन सङ्ग्रहालय बनाउन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता