
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना हुनभुएको छ । अहिले उहाँको अवस्था सामान्य छ । घरमै लडेर घाइते हुनुभएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार उहाँ बाथरुम जाँदाखेरि अल्झिएर लड्नुभएको थियो । उहाँको टाउकोमा चोट लागेको छ। अस्पताल श्रोतका अनुसार उहाँको टाउकोमा तीन टाका लगाइएको छ।
उहाँको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अहिले वार्डमा राखेर उपचार भइरहेको छ। "अब उहाँको अवस्था सामान्य छ । उहाँले बिहानै घर जान्छु भन्नुभएको हो, तर दिउँसोसम्म डिस्चार्ज हुनुहोला," अस्पताल स्रोतले भन्यो।
गएराति बाथरुममा चिप्लिएर दाहालको निधारमा सामान्य बाहिरी चोट लागेकोले अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने