
रामेछाप । बिहीबार बिहानैदेखि वर्षा हुँदा रामेछापको मन्थली-लुक्ला उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा सोलुखुम्बुको सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक रामेछाप सदरमुकाम मन्थली मै रोकिएका छन ।
वर्षाले लुक्लाको मौसम खराब हुँदा बिहीबार अबेरसम्म मन्थली-लुक्ला उडान हुन नसकेको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।
उडान अवरुद्ध हुँदा मन्थलीबाट लुक्ला जाने पर्यटक र लुक्लाबाट फर्कने पर्यटक प्रभावित बनेको उहाँले बताउनुभयो । बिहीबार मन्थलीबाट लुक्ला जाने ५० जना भन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् ।
अहिले यो सिजनको सगरमाथा क्षेत्र भ्रमण गरी फर्कने समय भइसकेकाले लुक्ला जाने भन्दा फर्कने पर्यटक धेरै रहेको उहाँले बताउनुभयो । अहिले सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरोहण चलिरहेको छ ।
चैतदेखि सुरू भएको यो सिजनको आरोहण जेठ महिनासम्म चल्छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमानस्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्याउने गरेको छ ।
चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलमार्फत् बाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरिएको छ । बिहानैदेखि मौसम खुलेको समयमा एकै दिन ८ सय ५० जनासम्म पर्यटक मन्थलीबाट लुक्ला पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने