
बाँके । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।
किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पु¥याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताउनुभयो । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उहाँको भनाइ छ ।
नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पु¥याएको उल्लेख गर्दै यादवले भन्नुभयो– ‘यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पु¥यायो ।’ नेपालगञ्ज–१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ ।’
गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पु¥याएको बताउनुभयो ।
‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको गहुलाई क्षति पु¥याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ’ उहाँले भन्नुभयो– ‘बाँकेमा गहुँ पाकेर भित्र्याउने बेला क्षति पुगेको छ ।’ उहाँले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरुले अनुगमन गरिरहेको र आठवटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिनुभयो । बाँकेमा गत बुधबार अपरान्हदेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पु¥याएकोमा आइतबार साँझ परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँवर्षको पूर्व सन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुःखी बनाएको बताउनुभयो । उहाँले वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमासमेत क्षति पु¥याएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा