
चितवन । वन्यजन्तुको संरक्षणका लागि समुदाय केन्द्रीत सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आजदेखि ७ गतेसम्म समुदाय केन्द्रीत कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज निकुञ्जमा झण्डोत्तोलन गरेर सप्ताहका सुरुआत गरिँदै छ । हरेक वर्ष वयजन्तु संरक्षणका लागि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै आएको छ । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन सकेमा संरक्षण कार्य प्रभावकारी हुने छ ।’ निकुञ्ज, नेपाली सेनाले मात्रै वन्यजन्तुको महत्व बझ्नुभन्दा पनि समुदायस्तरमा बुझाउन सके चोरि सिकारी न्यूनीकरण हुने, वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
निकुञ्ज संरक्षणमा राज्य मात्रै नभएर समुदायको महत्वपूर्ण भूमिका हुने हुँदा यस्ता कार्यक्रमले समुदायलाई संरक्षणतर्फ डोर्याउन थप मद्दत मिल्ने गरेको छ । चोरी सिकारी नियन्त्रणमा सबैभन्दा बढी भूमिका समुदायको रहने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा