
काठमाडौँ । विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालत पुगेको छ ।
आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो । आयोगले ३१ लाख ५९ हजार ७ सय ३५ रुपैयाँ बराबरको बिगो दाबी गरेको थियो । त्यो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएको थियो ।
त्यसैगरी आयोगले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर याव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ विरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ ।
जग्गा नियम विपरीत कित्ता काट र गलत फाइल नक्सा तयार पारेकाले त्यो कार्य भ्रष्टाचारजन्य गतिविधि रहेको आयोगको ठहर छ । त्यो मुद्दामा विशेष अदालतले २०८० फागुन १७ गते फैसला गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा