
काठमाडौँ । हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ। आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको होे ।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।
कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुर्ई÷दुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक÷एक विकेट लिए ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्धतले सर्वाधिक ६३ रन बनाए । यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले दोेहोरो अंकको रन जोेड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा