
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको मन्दिर निर्माण शुरु गरिएको छ ।
मन्दिर, सत्तल, पाटी लगायत संरचना परम्परागत शैलीको निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल ३ करोड ५० लाख रुपैयाँमा मन्दिर निर्माण शुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ ।
आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक इ श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो । परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुङ्गेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस स्थानमा पर्खाल लगाएर शिवको मन्दिर आठ वटा खोपामा कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ । नेवारको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजनाअनुरुप बालकुमारी मन्दिरको स्थापना गरी प्रत्येक वर्ष वैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रागरी मन्दिरमा परिक्रमा गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
बालकुमारी मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाबाट पहिलो पटक ७ लाख ७५ हजार, बागमती प्रदेश सरकारबाट १५ लाख बजेट आएर दुई तलाको बालकुमारीसत्तल निर्माण जारी रहेको संयाजक श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाबाट आव २०७१/८० मा १४ लाख र आव २०८०/८१ मा २० लाख र आव २०८१/८२ मा २५ लाख नगरपालिकाबाट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट थप १२ लाख रुपैयाँ विनियोजित गरी धार्मिक संरचना निर्माण भइरहेको छ ।
बालकुमारी माताको मन्दिर लगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न एक करोड ६६ लाख र पित्तलको छानो छाउन ७३ लाख लगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कूल३ करोड ५८ लाख रुपैयाँको लागत लाग्ने परियोजनामा उल्लेख छ ।
महायज्ञ सफल पार्न १५१ सदस्य रहेको इ श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले वैशाख १९ गते शुक्रबारदेखि वैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
महायज्ञबाट कूल २ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै उहाँले महायज्ञ सम्पन्न भएपछि सङ्कलित रकमबाट आउँदो एक वर्षभित्र मन्दिरका सबै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तरराष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने समितिका रवि चपलछेँ श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा