
काठमाडौँ । जग्गा बैना गर्न बोलाएर पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति ९ बजेतिर बौद्ध बस्ने रितेश लामालाई जग्गा बैना गर्न बोलाएर उल्लेखित रकम लुटिएको हो ।
लामाले जग्गा बैना गर्न रकम लिएर आउनु भनेपछि आफू २ वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको र त्यसपछि लुटपाट भएको बताएको प्रहरीले जनाएको छ ।
रकम लुटिएपछि लामाले बुधबार राति नै काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका हुन् । त्यस लगत्तै प्रहरीले घटनाबारे विभिन्न ठाउँमा खोजतलास तथा अनुसन्धान थाल्यो । लुटपाटमा संलग्न अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २० जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपील राज बोहराले पुष्टि गर्नुभएको छ । तर प्रकाउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार लामा आफ्नो कारमा २ वटा झोलामा ६० लाख रुपैयाँ लिएर गए । जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेका हुन् । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । रकम लुटेपछि केही परसम्म भने कारमार्फत लामाले पिछा गरेको पनि देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार हुन्छ ।
पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार रुपैयाँ एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।
लामाले यति ठूलो रकम किन नगदै बोकेर हिँडे र त्यसको आय स्रोत के हो ? भन्नेबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा