
भोजपुर । जिल्लास्थित ओख्रेको शहीद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त ३ करोड ८८ लाख रुपैयाँमा सडक स्तरोन्नति थालिएको हो ।
पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ ।
सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ । हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिनुभएको छ। अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–शहीद गेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईका अनुसार गाउँपालिकाको पहलमा लागतमा पहिलो खण्डको काम भइरहेको छ । धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त ३ करोड ८८ लाख रुपैयाँमा सडक स्तरोन्नति थालेका छौँ । उक्त सडकको अन्य दुई खण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताउनुभयो । पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म २० लाख बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा दुई करोड ५ लाख रुपैयाँमा स्तरोउन्नति गरिने अध्यक्ष राईले बताउनुभयो ।
हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने सडकको स्तरोन्नति थालिएपछि स्थानीयवासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताउनुभयो ।
सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवन सहज हुने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा