
काठमाडौँ। हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि आज नेपालर कुवेत भिड्दैछन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो । त्यसपछि दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए । पाँच अङ्कका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अङ्कसहित फाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा