
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादी आन्दोलनकारीसँग खनिनुभएको छ । गृहजिल्ला झापाको दमकमा भएको नेकपा एमालेको जागरणसभामा उहाँ राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिनुभएको हो ।
प्रधानमन्त्री ओलीले राजा फर्काउने आन्दोलन बैंकको ऋण नतिर्नेले जनता भड्काएर आफ्नो दुनो सोझ्याउन गरेको उग्र प्रदर्शन भएको आरोप लगाउनुभयो ।
राजावादी आन्दोलनको हर्कत १५ चैतमा काठमाडौको तीनकुनेमा देखिएको बताए। जनताले मिल्काएर फ्याँकेको राजतन्त्र फेरि फर्कन नसक्ने उहाँको धारण थियो । ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौँ भन्दा फुरुक्क परेर गाडीको हुटमाथि हत हल्लाउँदै हिँडेको पनि देखियो। उल्किन पनि कति उल्किएको ? यिनको शैली के हो भन्ने १५ गते देखियो,’ उहाँले भन्नुभयो, ‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौँ भनेका थिए। केको सभा गर्थे, आगजनी गर्दै, तोडफोड गर्दै, ढुंगामुडा गर्दै, घर फोड्दै, उद्योगमा आगो लगाउँदै, अरूका पसल लुट्दै हिँडे। क्रान्ति गर्दै खुब ठुला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरर भाग्दै गरेका, स्याउ चोरर भाग्दै गरेका, औषधि कारखानामा आगो लगाउँदै गरेका देखियो यस्ताले बनाउँछन् देश ?’
ओलीले नयाँ भन्ने पार्टीको अवस्था पनि देखिएको बताउनुभयो । ‘नयाँको हालत देखियो। नयाँ कोही बैंकमारा, कोही सहकारीमारा, कोही छ ? अनेक प्रकारका देखियो,’ उहाँले भन्नुभयो, ‘ठुला कुरा गर्ने, हल्ला गर्ने, यथार्थ लुकाउने, कुप्रचार गर्ने, जथाभावी बोल्ने अनि देश बनाउँछु भनेर धाक लगाउने ? कोही पनि अलमलमा नपर्नुहोला।’
अहिले देश स्थिरता, स्थायित्वतर्फ अघि बढेको प्रधानमन्त्री ओलीको दाबी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा