
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते काठमाडौमा भएको प्रदर्शनका क्रममा राज्यले दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्रमा सुरक्षाकर्मीहरूले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएएकाहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेको र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ । आफ्ना नेता तथा समर्थकलाई पक्राउ गरेर बिनाकुनै कारण गिरफ्तार गरी थुनामा राखिएको पत्रमा उल्लेख छ । उक्त आरोप निराधार भन्दै तुरुन्त फिर्ता लिन पनि माग गरिएको छ ।
शुक्रबार राप्रपाको प्रतिनिधिमण्डलले ललितपुरस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय पुगेर उक्त पत्र एसिया प्यासिफिक क्षेत्रका मानवअधिकार अधिकृत रघु मेननलाई हस्तान्तरण गरेको राप्रापाका महामन्त्री शरदराज पाठकले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा