
रसुवा । जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका गाउँपालिका प्रथम भएको छ ।
सदरमुकाम धुञ्चेमा बिहीबारदेखि शुरु भएको तीनदिने १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रसुवा जिल्लाका पाँच गाउँपालिकाबाट तीन सय छात्रछात्राको सहभागित रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भलिबल, दौड, तेक्वान्दो, हाइजम्प, लङ्गजम्प, सटफुट, जापानिज थ्रोलगायत ४५ विधाका खेल समावेश गरिएको थियो ।
रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम, उत्तरगया द्वितीय र गोसाइँकुण्ड गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङले जानकारी दिनुभयो ।
खेलकुदमार्फत शरीरिक व्यायामसहित ग्रामीण दूरदराजका गाउँहरूमा समेत खेलको जागरण फैलाउन रनिङशिल्ड प्रतियोगिताले मद्दत पुर्याएको स्थानीय शिक्षकहरूले बताएका छन् ।
प्रतियोगितको समापन समारोहमा सांसद मोहन आचार्यले विद्यालयले पठनपाठनका साथ खेलकुद तथा अतिरिक्त कार्यक्रमलाई पनि एकसाथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा