
काठमाडौँ । तीनकुने घटनापछि फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईलाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।
प्रसाईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज विज्ञप्ति जारी गरी प्रसाई र उहाँका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
राजावादी समूहले चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै प्रसाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा