
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
सत्तारुढ दलको नेता हुनुका नाताले सरकारलाई सहयोग गरेको तर सरकारमा रहेकाहरूका कारण नै काम हुन नसकेको थापाको भनाइ छ ।
काठमाडौमा आज आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री र मन्त्रीले आ आफ्नो काम गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । सत्तारुढ दलका राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले नटेर्ने गरेको उहाँले खुलासा गर्नुभयो ।
‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु, कहिलेकाहीँ साथीहरूलाई लाग्छ संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू क्लियर हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ, संयन्त्रले होइन । नियुक्ति, सरुवा बढुवाको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौं भने त यो लोकतान्त्रिक सरकार नै भएन नि !’ थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने र नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर बिँड मात्र तातेर केही नहुँदो रहेछ, ताप्के पनि तात्नुपर्ने रहेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा