
काठमाडौँ । सुक्खा र डढेलोका कारण काठमाडौँ उपत्यका डेढ सातादेखि वायुप्रदूषणको चपेटामा रहेका बेला बुधबार दिउँसो वर्षा भएको छ। लामो समयपछि वर्षा हुँदा वायुप्रदूषण क्रमशः हट्दै जाने आकलन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार दिउँसो काठमाडौमा मध्यम खालको पानी परेको र साँझ पनि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । ‘आजभन्दा भोलि बिहान र दिउँसो धेरै पानी पर्ने देखिन्छ, आजको पानीले केही राहत दिन्छ, भोलिको पानीले प्रदूषण हट्ला कि भन्ने छ,’ उहाँले भन्नुभयो ।
पछिल्लो ३ घन्टामा उपत्यकाको साँखुमा २०.२ मिलिमिटर पानी परेको छ। उपत्यकाका सहरी क्षेत्रमा पनि हल्का पानी परेको छ। अहिले काठमाडौ उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।
मंगलबार मध्य र पूर्वी नेपालका केही जिल्लामा पानी परेको थियो। हाल पश्चिमी वायु तथा स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभावका कारण वर्षा भइरहेको हो। यो प्रणाली शुक्रबारसम्म कायम रहने आकलन गरिएको छ।
२४ घन्टामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीमा वर्षाको सम्भावना छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो केही मात्रामा कम हुने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा