
जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनपनाको सवाल सम्बोधन गराउनका लागि राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाईमा आज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा डेलीगेसन भएको छ ।
मुक्त हरवाचरवाका माग बुझ्दै भूमि व्यवस्था मन्त्री जनार्दन सिंह क्षेत्रीले मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि आफू तत्पर रहेको औल्याउनु भयो । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद सदाद्वारा हस्ताक्षरित माग पत्रमा मन्त्रालयले तयार गरेको हरवाचरवा परिवारको लगत संकलन र परिचयपत्र बितरण निर्देशिका २०८० तत्काल राजपत्रमा प्रकाशन गरिनुपर्ने, स्थानीय तहको समन्वयमा हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण शुरु गरिनुपर्ने उल्लेख गरिएको छ ।
साथै मन्त्रालयबाट आगामी आर्थिक वर्षको बजेटमा हरवा चरवा लगत संकलनका लागि आवश्यक बजेट बिनियोजन गरिनुपर्ने, मन्त्रालयबाट हरवाचरवाका लागी शिप विकास, कृषि,पशुपालन र जीविकोपार्जन सहयोगका लागी बजेट बिनियोजन गरिनुपर्ने, हरवाचरवाको पुनस्र्थापनाको लागि विस्तृत कार्ययोजना र कार्यविधि प्रदेश मन्त्रिपरिषदबाट अविलम्व पारित गरी हरवाचरवालाई जमिन् र सुरक्षित बासस्थानको व्यवस्था गरीनुपर्ने, बाटो बिस्तारका नाममा, विकासका नाममा र अन्य कारणले भूमिहिन हरवाचरवाहरुको बस्ती विस्थापन तत्काल रोकीनुपर्ने र भूमि आयोगको समन्वयमा भुमि बितरणमा हरवाचरवाहरुलाई प्राथमिकतामा राखीनाका साथै गरिब लक्षित र कृषि बिकास का क्रार्यक्रममा हरवाचरवा परिवारहरुलाई समेटिनुपर्ने माग राखिएको छ ।
निरन्तर सम्वाद तथा छलफलका कारण तत्कालिन सम्माननीय प्रधामन्त्री शेर बहादुर देउवाले २०७९ साल श्रावण २ गते मुक्तिको घोषणा गर्नुभएको थियो । घोषणा पश्चात मधेश प्रदेश सरकारले २०८०/०८१ को निति कार्यक्रमको बुँदा नम्बर १७९ मार्फत स्थानीय सरकारको समन्वयमा मधेश प्रदेशको सबै जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्र बितरण गरिनेछ भन्ने व्यवस्था गर्यो त्यसै गरी ८०/८१ बजेटको बुँदा नम्बर१७५ मा स्थानीय सरकारको समन्वयमा मधेश प्रदेशका सबै जिल्लामा मुक्त हरवाचरवाका तथ्यााक संकलन गरी प्रमाणीकरण र परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाएको घोषणा भयो र त्यो नीति तथा कार्यक्रम र बजेट पारित समेत भयो ।
यही घोषणा को जगमा भूमि, कृषि तथा सहकारी मन्त्रालयले लगत संकलन र परिचयपत्र बितरण सम्बन्धि निर्देशिका २०८० मस्यौदा गरी मन्त्रालय स्तरीय निर्णय गरी .मन्त्रिपरिषदमा पेश भई पारित भएको भन्ने जानकारी सार्वजनिक भयो । तर हालसम्म त्यो निर्देशिकाका आधारमा कुनै प्रक्रिया अगाडि बढन नसकेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा