
काठमाडौँ । हङ्कङमा आजदेखि शुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो । कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पारे ।
त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । उनले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए । कतारका लागि रिफाइ थेरुवाथले छ र जसिम खानले चार रनको योगदान दिए । कतारले अतिरिक्त पाँच रन प्राप्त गर्यो ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारेका थिए ।
अफगानिस्तानको यू–१९ ले टस जित्यो
नेपाल यू–१९ र अफगानिस्तानको यू–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ ।
यसअघिको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । दोेस्रोे खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रन हराएको थियो । लगातार दुई खेल हारेको नेपाल आज सान्त्वना जितेको खोेजीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा