
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिस्ट एकता असम्भव नरहेको बताउनुभएको छ ।
माओवादी अध्यक्ष दाहालले मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताउनुभएका हो ।
‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ माक्र्सवादी सोचाइ हुन सक्दैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन’ कार्यक्रममा उहाँले भन्नुभएको छ – ‘कम्युनिस्ट एकताका प्रयास नभएका होइन । कहिले त्यो सफल जस्तो कहिले असफल जस्तो हुने गरेका छन् ।’
अध्यक्ष दाहालले माओवादी र एमालेबीचको एकता बचाउन नसकेकोमा पछुतो समेत व्यक्त गर्नुभएको छ । ‘पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए । एकता भयो पनि । सबैले अनुमोदन पनि गरे’ उहाँले भन्नुभएको छ – ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं । हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।’
दाहालले वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने समेत उल्लेख गर्नुभएको छ । ‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ । हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौँ’ उहाँले भन्नुभएको छ ‘तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं । अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ । एकताको झण्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रष्ट छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा