
सुर्खेत । हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिएको छ । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँ चितुवा रहेको पत्ता लगाएको हो ।
‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो । अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बम्जनले बताउनुभयो ।
हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको बताउनुभयो । हुम्ला सदरमुकाम सिमीकोटदेखि पाँच दिन पैदल हिँडेर लिमी पुगिसकेपछि घोडा खच्चरमा खानेकुरा बोकेर हिउँ चितुवा पाइने स्थानमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क ल्याउने कार्य सकिएको बताउनुभयो । यस्तै, माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो । गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।
नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।’ चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा छ वडा रहेका छन् । कूल क्षेत्रफल करिब २ हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा