
काठमाडौँ । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि गरिएको निर्वाचनको मतगणना भइरहेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्ष र महासचिव लगायतका पदमा कांग्रेस–एमाले गठबन्धनको प्यानल अगाडि छ ।
कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्ष उम्मेदवार डा विजय मिश्रले ८ सय ६९ मत प्राप्त गर्नुभएको छ । मिश्रलाई पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत प्राप्त भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार रमनकुमार श्रेष्ठले ५ सय २९ मत पाउनुभएको छ । श्रेष्ठलाई पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत प्राप्त भएको । श्रेष्ठलाई आफ्नो गृहजिल्ला बागलुङबाट भने कम मत आएको छ ।
अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाउनुभएको छ । महासचिवमा पनि मिश्र प्यानलका केदार प्रसाद कोइरालाले अग्रता लिनुभएको छ ।
महासचिवमा मिश्र प्यानलका कोइरालाले ८ सय ७१ मत पाउनुभएको छ । श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४ सय ५६ मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा