
रुपन्देही । सहकारी ठगेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देहीको भैरहवा कारागार चलान भएका छन । उनले ४ सन्देश दिन खोजेको दिएका छन
कारागार जानुअघि उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिए। यस क्रममा मूलतः उनले ४ सन्देश दिन खोजेको दिएका छन
एक-उनले रिहाइको लागि कानुनी संघर्ष जारी राख्नेछन्। उनले भने, ‘अदालतको आदेशको सम्मान गर्छु। कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’
दुई- अहिले थुनामा जानुपर्ने अवस्था हुनुका पछाडि पनि उनले विभिन्न आशंका उठेको बताए। तर, अदालतबाटै त्यस्ता आशंका निवारण हुने उनको भनाइ छ।
उनले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित होऊन्।’
तीन- पार्टी अभियान नरोकियोस् भन्ने उनले अर्को सन्देश पनि दिएका छन्। ‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नुहुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा लैजानुस्,’ उनले भने।
चार- उनले आफूमाथि प्रतिशोध भएको भन्दै अरूले पनि यो अवस्थाबाट गुज्रिनुपर्ने चेतावनी पनि दिए। उनको भनाइ छ, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा