
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काको पवित्र बौद्ध वृक्षको आइतबार दर्शन गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले बौद्ध बहुल श्रीलङ्काको सार्वभौमिकताको प्रतीक अनुराधापुरामा रहेको श्री महाबोधीमा फूल चढाई बुद्धप्रति श्रद्धाभाव व्यक्त गर्नुभएको हो ।
बुद्धले दुई हजार ५ सय वर्षअघि बुद्धत्व प्राप्त गरेको भनिएको धारतमा रहेको अञ्जीरको बोटको बिरूवा भएको विश्वास गरिने यस अञ्जीरको बोटलाई कडा पहरा दिएर राखिएको छ ।
हिन्दू राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा आफ्नो अघिल्लो भ्रमणका क्रममा पनि यसको पूजा अर्चना गर्नुका साथै दुवै देशका लागि यसको धार्मिक र सांस्कृतिक महत्वमाथि उजागर गर्नुभएको थियो ।
बोटानिकल नाम फिकस रिलिजियोसा भनिने यस रूखलाई दैनिक हजारौँले ‘जीवित बुद्ध’ को प्रतीकको रूपमा पूजा गर्छन्, यसको हाँगाहरू सुनको लेप लगाइएको फलामको सहारामा संरक्षित गरिएका छन् ।
भिक्षु, प्रहरी र सशस्त्र फौजले यस रूखको चौबिसै घण्टा पहरा दिनेगर्छन् ।
‘यो भ्रमणले दुई देशबीचको गहिरो सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई पुनः पुष्टि गरेको छ’ मोदीले भारत फर्कनुअघि सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
शनिबार मोदी र श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले रक्षा र ऊर्जा लगायत सात सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
दिसानायकेले श्रीलङ्काप्रति देखाएको ‘गहिरो व्यक्तिगत मित्रता’ सम्मानस्वरूप उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान प्रदान गर्नुभएको छ ।
मोदीको यो भ्रमणलाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्ने रणनीतिक कदमका रुपमा हेरिएको छ ।
प्रधानमन्त्री मोदीले शनिबार भन्नुभयो– ‘हामी विश्वास गर्छौं कि हाम्रो सुरक्षा हित एकअर्कासँग जोडिएको छ । हाम्रो सुरक्षा अन्योन्याश्रित र अन्तरसम्बन्धित छ’ उहाँले भन्नुभयो ।
दिसानायकेले आफूले मोदीलाई ‘भारतको सुरक्षालाई कमजोर पार्न कसैले पनि श्रीलङ्काली भूमि प्रयोग गर्न नदिने’ आश्वासन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा