
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ५ मानेभञ्याङमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको छ ।
किसानलाई तरकारीलगायत विभिन्न कृषि उपजको आधुनिक खेती प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्न यहाँ सिकाई केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिका र वडाको सक्रियतामा स्थापना गरिएको सिकाई केन्द्रमार्फत किसानलाई नविनतम् खेती प्रणालीको विषयमा जानकारी दिने कार्य भइरहेको वडाध्यक्ष जगत चौहानले बताउनुभयो । सिकाई केन्द्रमा गोलभेडा, अकबरे खुुर्सानी, काउली बन्दा, धनियाँ, मेथी, बैगुनलगायत नगदेबालीको व्यावसायिक र आधुनिक खेती प्रणालीको बारेमा किसानलाई अभ्यासमूलक सीप प्रदान गर्ने काम गरिएको वडाध्यक्ष चौहानको भनाइ छ ।
‘हामीले कृषि सिकाई केन्द्र स्थापना गरेर किसानलाई आवश्यक ज्ञान सीप प्रदान गरिरहेका छौँ’ वडाध्यक्ष चौहानले भन्नुभयो– ‘किसानमा खेती प्रणालीसम्बन्धी ज्ञान नहुँदा धेरै समस्या छ । कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा यहाँका काम हुने भएको किसानलाई नविनतम् खेती प्रणालीको विषयमा ज्ञान लिन सहज छ ।’ यहाँ करिब साढे पाँच रोपनी क्षेत्रमा सिकाई केन्द्र स्थापना गरी विभिन्न जातका तरकारीको नमूनाखेती गरिएको छ ।
तरकारीखेती गर्न इच्छुक किसानले यहाँ आएर ज्ञान, सीप लिँदै आएका छन् । सिकाई केन्द्र स्थापनाले व्यावसायिक र आधुनिक खेती गर्न धेरै ज्ञान प्राप्त गर्ने अवसर मिलेकोको स्थानीय किसान दलबहादुर खत्रीले बताउनुभयो ।
‘यहाँका करिब साढे पाँच रोपनी क्षेत्रमा नमूना तरकारीखेती भइरहेको छ’ किसान खत्रीले भन्नुभयो– ‘हामीले तरकारी बालीमा लाग्ने रोग, कीरासँगै आधुनिकखेती प्रणालीको बारेमा जानकारी नहुँदा समस्या थियो । अहिले सिकाई केन्द्रमा आएर आवश्यक जानकारी लिन पाएका छौँ ।’
मानेभञ्याङमा किसानलाई आधुनिक कृषि प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्नको लागि रु दुई लाखको लागतमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख धीरज ठाकुरले बताउनुभयो । सिकाई केन्द्रबाट आधुनिक खेती प्रणालीसँगै जैविक मल, विषाधिको प्रयोग तथा बनाउनेको लागिसमेत ज्ञान दिइएको उहाँको भनाइ छ ।
‘व्यावसायिक तरकारी खेतीबाट पनि किसानले राम्रो आम्दानी लिन सक्छन्’ शाखा प्रमुख ठाकुरले भन्नुभयो– ‘कतिपय किसानमा खेती प्रणालीको विषयमा सामान्य जानकारी नहुँदा समस्या छ । किसानलाई स्थलगत रुपमा नै प्राविधिक ज्ञान दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ । यहाँबाट उहाँहरूलाई खेती प्रणालीमा आवश्यक पर्ने ज्ञान, सीप प्रदान गर्दै आएका छौँ ।’
गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर यो वर्ष पाँच वटा वडामा तरकारी सिकाई केन्द्र स्थापना गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । एक वडा एक सिकाई स्थापना गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
‘कृषि क्षेत्रको विकासका लागि एक वडा एक सिकाई केन्द्र स्थापनाको कार्यक्रम सञ्चालन गरिरहेका छौँ’ अध्यक्ष राईले भन्नुभयो– ‘किसानलाई व्यावसायिक र आधुनिक खेती प्रणालीमा जोडन् यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा