
काठमाडौँ । शिक्षा मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै शिक्षकलाई वार्तामा बोलाएको थियो । तर, शिक्षक महासंघले भने अहिले वार्ताको आवश्यकता नरहेको भन्दै छलफलमा नजाने जनाएको छ ।
आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारका मन्त्रीहरू तथा समिति आन्तरिक छलफलमा जुटेका छन् ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा स्वास्थ्य तथा सूचना समिति सभापति अम्बरबहादुर थापासहितको बैठक बिहीबार अपराह्न ४ बजेलाई डाकिएको छ ।
प्रारम्भिक छलफलका लागि ४ बजे बैठक डाकिएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । शिक्षा मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै शिक्षकलाई वार्तामा बोलाएको थियो ।
तर, शिक्षक महासंघले भने अहिले वार्ताको आवश्यकता नरहेको भन्दै छलफलमा नजाने जनाएको छ । “अहिले वार्तामा जाँदैनौँ, त्यो जरुरी पनि छैन, हामी शिक्षा विधेयकलाई ऐनको रूप दिन सरकारलाई सुझाव दिन्छौँ,” महांसघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भन्नुभयो ।
शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक बुधबारदेखि काठमाडौमा आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा