
काठमाडौँ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको बताउनुभएको छ ।
‘महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको छ भने सन् २०३५ को विश्वकप बेलायतले आयोजना गर्ने बताएको छ’ उहाँले भन्नुभयो । बेलग्रेडमा आयोजित युइएफए कङ्ग्रेसमा बोल्दै इन्फान्टिनोले सन् २०३१ का लागि एक मात्र आशयपत्र संयुक्त राज्य अमेरिका र अन्य केही उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेवियन फुटबल सङ्घ सदस्यहरूबाट र २०३५ युरोपबाट, घरेलु देशहरूबाट भएको बताउनुभयो ।
इन्फान्टिनोले सन् २०३१ मा हुने महिला विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याउने फिफाको योजना रहेको पनि बताउनुभयो । इङल्यान्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका फुटबल सङ्घहरूले गत महिना प्रतियोगिता आयोजनाका लागि इच्छापत्र पेश गर्ने घोषणा गरेपछि बिहीबारको घोषणा आएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ का लागि युरोप र अफ्रिकाबाट आउने बोलपत्रलाई मात्र स्वागत गर्ने बताएको थियो भने सन् २०२६ को दोस्रो त्रैमासिकमा हुने फिफा कङ्ग्रेसमा आयोजकको पहिचान पक्का हुने बताएको थियो ।
सन् २०२६ को पुरुष विश्वकप मेक्सिको र क्यानडासँग मिलेर आयोजना गरिरहेको संयुक्त राज्य अमेरिकाले मार्चको शुरुमा महिला विश्वकप फुटबलका लागि पनि सन् २०३१ का लागि दावेदारी पेश गर्ने घोषणा गरेको थियो ।
दक्षिण अफ्रिका र मोरक्को पनि प्रतिस्पर्धामा थिए र अफ्रिकी राष्ट्रहरूलाई पनि बोलपत्र पेश गर्न आमन्त्रित गरिएको थियो, तर इन्फान्टिनोको टिप्पणीले उनीहरू अब दौडबाट बाहिर छन् भन्ने देखाउँछ।
आगामी महिला विश्वकप सन् २०२७ मा ब्राजिलमा हुनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा