
काठमाडौँ । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडल गायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्रमणमा समकक्षी पीयुष गोयलसँग त्यस विषयमा छलफल गर्नुभएको थियो । उहाँले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गर्नुभएको थियो ।
गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बिआइएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो । नेपालका तर्फबाट प्राथमिकताका साथ उठाइएपछि भारतीय पक्षले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।
भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्ता लगायतका सामग्री निर्यातमा बिआइएस अनिवार्य गरेको छ । भारतले बिआइएस नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बिआइएस नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीले नेपाल सरकारलाई दबाब दिँदै थिए ।
नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार बिआइएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ । उहाँले भारतले अहिले बिआइएस नवीकरण गरिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले करिब एक दर्जन उद्योगले बिआइएस नवीकरण गरिसकेको छ ।
केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पुर्याइएका ३४ ट्रक प्लाइउड बिआइएसको अभावमा नाकामै रहेको उहाँले जानकारी दिनुभयो । केही सिमेन्ट कम्पनीले पनि बिआइएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात गर्न लागेको जनाइएको छ । त्यो प्रमाणपत्र नवीकरणका लागि एक महिना म्याद अझै बाँकी रहेको छ ।
घिमिरेका अनुसार करिब तीन सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका र नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगले एक महिनाभित्र बिआइएस पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा