
सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ ।
एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाउनुभएको हो ।
गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरुद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो– ‘गणतन्त्र सजिलै ढल्दैन, शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको विकल्प पुनःशाहीतन्त्र हुन सक्दैन ।’ उहाँले गणतन्त्रको पक्षमा जनताको विचार र सोचलाई उठाउन जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको हो, कुनै व्यक्तिको कृपाले होइन ।’
महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उहाँ नै मुख्य जिम्मेवार भएको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वराजा अस्तिरताको कारण हुन्, उहाँले सरकार र ज्ञानेन्द्र शाहको बीचमा भएको सम्झौता विपरीत गतिविधि गरेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा