
काठमाडौँ । दक्षिण कोरियाली पूर्वकार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दायर भएको छ ।
दक्षिण कोरियाको संसद्ले संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेकोमा बुधबार पूर्व कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ ।
मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी र अन्य चार साना दलले मार्च २१ मा अभियोग दायर गरेपछि चोइलाई महाभियोग लगाउने प्रस्ताव राष्ट्रिय सभाको पूर्ण सत्रमा पेश गरिएको थियो ।
गत डिसेम्बरमा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सुविरूको महाभियोगपछि पुनः हान प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किनु पहिले चोइले तीन महिना कार्यवाहक राष्ट्रपतिको कार्यभार समाल्नुभएको थियो ।
चोई विरुद्धको महाभियोग प्रस्तावमा राष्ट्रपति युनको असफलतामा चोइको कथित संलग्नता र संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गर्नु लगायतका विषय समावेश छन् ।
संवैधानिक अदालतले शुक्रबार युनलाई पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने योजना बनाएको छ ।
युनले गत वर्ष डिसेम्बर ३ मा आपतकालीन कानून घोषणा गरेता पनि केही घण्टापछि विपक्षी नेतृत्वको नेशनल एसेम्ब्ली (प्रतिनिधि सभा) ले घोषणालाई अवैध कदम भन्दै खारेज गरिदिएको थियो ।
युनलाई महाभियोग लगाउने प्रस्ताव डिसेम्बर १४ मा संसदमा पारित भएको थियो भने संवैधानिक अदालतले फेब्रुअरी २५ सम्म युनको महाभियोगमा ११ वटा सुनुवाइको आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा