
जनकपुरधाम । धनुषामा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालय आजबाट बन्द गराइएको छ ।
पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिनुभयो ।
बन्द गराइएका निजी विद्यालयमा न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशाला लगायत एक दर्जन विद्यालय बन्द गराइएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ ।
त्यही अनुरुप शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आफ्नो पालिकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । पालिका अध्यक्ष यादवले गैकानुनी रुपमा सञ्चालनमा रहेका विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि भर्ना नगर्न अभिभावकलाई आग्रह गर्नुभयो ।
साथै उहाँले विद्यालय सञ्चालकलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार दर्ता गरी विद्यालय सञ्चालन गर्नका लागि निर्देशन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा