
काठमाडौँ । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता बोहराको चावहीलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि पोस्ट कोभिड समस्याले ग्रस्त पूर्वमन्त्री बोहरोको ७६ वर्षको उमेरमा आज निधन भएको स्वकीय सचिव तारामणि चन्दले जानकारी दिनुभएको छ ।
स्वकीयसचिव चन्दका अनुसार राप्रपाका वरिष्ठ नेता बोहरा पोस्ट कोभिड समस्याले गर्दा अहिले बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । उहाँ कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७ जेठ )मा संक्रमित हुनुभएको थियो । संक्रमणको ४, ५ महिनापछि बोहराको स्वर नै परिवर्तन भयो । धैरैपछि उपचारका लागि दिल्ली पुग्नु भएका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताए। समस्या थपिए झन् बढ्दै गएपछि उहाँ उपचारको लागि अमेरिकाको न्यूयोर्क समेत पुग्नुभयो । त्यसपछि नियमित रुपमा स्पीच थेरापी गर्दै आउनुभएको छ ।
पोस्ट कोभिडकै कारण उहाँको घाँटीमा क्यान्सर भयो । त्यसपछि उहाँ बोल्न नसक्ने अवस्थामा पुग्नुभयो । उहाँ बोल्न नसक्ने अवस्थामै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा