
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतलाई मोसो छ्यापिएको छ । निर्वाचन अधिकृत अङ्गदमणि गौतमलाई नेपाल विद्यार्थी संघको बागी उम्मेदवार श्रीधर श्रेष्ठ र विवेक बानियाँले मोसो छ्यापेका हुन् ।
स्ववियु निर्वाचनको क्रममा मंगलबार गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा गौतमलाई छ्यापिएको हो । निर्वाचन समितिद्वारा आयोजित बैठकमा निर्वाचनमा उम्मेदवार भएका सबै पक्ष सहभागी थिए । बैठकमा सहभागीका अनुसार अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर मंगलबार हुने मतदानको तयारीबारे जानकारी गराउनु भएको थियो ।
बैठकमा सहभागी बानियाँ र श्रेष्ठले ‘निर्वाचन जसरी पनि रोक्नुपर्ने’ भन्दै अधिकृत गौतमलाई मसीको मोसो छ्यापेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा