
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गरिने बताउनुभएको छ ।
आज दुग्ध विकास संस्थान सञ्चालनका लागि जग्गाप्राप्ति कार्यदलका संयोजक गोपालदत्त भट्ट नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उहाँले संस्थान सञ्चालनका लागि प्राविधिक समस्या समाधान गरी प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो ।
सम्बन्धित मन्त्रालयका मन्त्रीसँगको छलफलपश्चात् दुग्ध विकास संस्थान कहाँ स्थापना गर्ने भन्ने विषयमा छलफल गर्ने भन्दै मुख्यमन्त्री शाहले अन्य प्राविधिक समस्या भए ती कुरा सुल्झाएर मात्र अगाडि बढाउन लाग्ने बताउनुभयो ।
जग्गा प्राप्ति कार्यदलले दुग्ध विकास संस्थान, धनगढी, दुग्ध वितरण आयोजना अत्तरियालाई जग्गा प्राप्तिका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशनसहित पहल गरिदिन मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा