
काठमाडौँ । रवि लामिछानेले पुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति जिम्मेवारी समाल्दै आफ्नो दलले गणतन्त्रको खोल नओढ्ने बताउनुभएको छ ।
लामिछानले सोमबार रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि यस्तो बताउनुभएको हो । ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नुभएको छ । रास्वपा त्यो खोल ओढ्दैन’ उहाँले भन्नुभयो– ‘ रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’
लामिछानेले जनताका असन्तुष्टिलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गर्नुभएको छ । ‘जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुदैन’ उहाँले भन्नुभयो ।
सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछाने पार्टीका गतिविधिबाट अगल हुनुभएको थियो । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
आजको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्नुहुने र त्यसपछिको दोस्रो बैठक लामिछानेको सभापतित्वमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा