
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहनुभएको र यो अप्रिल २ देखि लागु गरिनेछ । ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भन्नुभयो ।
कर नीति कुन कुन देशमा लागु गरिनेछ भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।’
ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो’ अमेरिकी अर्थमन्त्रीस्कट बेसेन्टले भन्नुभयो ।
लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दावी गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ’
ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसक्नुभएको छ भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसक्नुभएको छ ।आयातित सवारी साधन (कार) मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ ।
ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाङ्ग्रे सवारी साधनको आयातमा लगाइएको करले वार्षिक १ सय अर्ब डलर उठाउन सक्ने दावी गर्नुभएको छ । ‘यसबाहेक, अन्य करबाट वार्षिक लगभग छ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ’ नाभारोले फक्स न्यू सन्डेसँग भन्नुभयो ।
पारस्परिक ट्यारिफको एक विस्तृत श्रृङ्खला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ । कर नीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।
ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको कर नीतिको बचाउ गर्नुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा