
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले बेलायतमा एघार बर्षपछि राजतन्त्र पुनःस्थापना भएको उदाहरण दिदै युवाहरूको शक्तिलाई बारम्बार नहोच्याउन गणतन्त्रवादी दलहरुलाई चेतावनी समेत दिनुभएको छ ।
‘तपाईंले व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, युवाहरुले यो व्यवस्था उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको शक्तिलाई नहोच्याउनुस् ।’
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा आन्दालनकारी भन्दा सरकार सयौँगुणा निरंकुश र आक्रामक भएर ज्यादती गरेको उहाँले बताउनुभयो ।
‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस एमाले भन्नेहरू भजन किर्तन गर्दै आएको हो ? तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?,’ उहाँले भन्नुभयो ।
आन्दोलनमा सहभागि सविन महर्जनलाई ताकेरै गोली प्रहार गरेको प्रसंग निकाल्दै उहाँले भन्नुभयो, ‘बाटोमा लुरुलुरु हिडिरहेको युवालाई किन र के कारणले गोली हानेर हत्या गरियो ? यो सरकारको ज्यादती हैन ?’ उहाँले प्रश्न गर्नुभयो । संचारकर्मी सुरेर रजकलाई थुनेर आगो लगाईएको बिषय शंकास्पद रहेको भन्दै त्यसको छानविन गर्न उहाँले माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा