
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भमै सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको नेकपा एमाले०का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसद्को अवरोध अन्त्य हुने विश्वास गरिएको छ । आजको बैठकबाट नै महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।
बैठकमा ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने सूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा