
काठमाडौँ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ‘सार्प सूटर’ लगाएर मार्ने प्रयास भइरहेको बताउनुभएको छ ।
आइतबार दिउँसो सामाजिक संजाल फेसबुकमा भिडिओ पोस्ट गर्दै उहाँले भन्नुभयो, ‘सूटर प्रयोग गरेर मेरो हत्या प्रयास गरिरहेको छ, त्यसैले म काठमाडौको कुनै एक मन्दिरमा बसिरहेको छु ,कतै भागेको छैन।’
चैत्र १५ गते भएको प्रदर्शनका क्रममा प्रसाईं आफैले गाडी हाँकेर प्रहरीलाई पेलेर घेरा तोड्दै निषेधित क्षेत्र प्रवेश गर्नुभएको थियो । सो घटनाका सम्बन्धमा उहाँले भिडिओ मार्फत् माफी माग्नुभएको उल्लेख छ।
‘मान्छेका घरमा आगो लगाउने, तोडफोड नगर साथीभाइ हो भनेर मैले भनेको छु,’ उहाँले भन्नुभयो, ‘तर जुन घटना भएको छ त्यसमा दुःख व्यक्त गरेको छु।’
तीनकुनेमा आफू पुग्नुभन्दा १५ मिनेटअघि नै रणभूमि बनेको पनि उहाँको दाबी छ।
‘सुरक्षाकर्मीप्रति मेरो दुश्मनी होइन, तपाईंहरूलाई पर्न गएको चोटमा क्षमा चाहन्छु। म तपाईंहरूबाट टाढा छैन,’ उहाँले भन्नुभयो, ‘पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, म सुरक्षित मात्रै बसेको। मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि सुरक्षित ठाउँमा बसेको छु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा