
लुम्बिनी । नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ ।
मतदान प्रक्रिया बिहान १० बजे शुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना शुरू गर्ने तयारी गरेको जनाएको छ । नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुग्नुभएका १८२ प्रतिनिधिमध्ये १७६ जनाले मतदान गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् । सहअध्यक्षमा डा शैलेन्दुप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाणीबीच प्रतिस्पर्धा हुँदैछ । महासचिव पदमा प्रकाश बिमिल र सोझो गाउँलेबीच प्रतिष्पर्धा हुँदैछ ।
यसअघि महासचिव पदमा उम्मेदवारी दिनुभएका नवीनचन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिनुभएको छ भने उपमहासचिव पदका उम्मेदवार सरस्वती तिमिल्सेनाले उम्मेदवारी आज बिहान फिर्ता लिएपछि नारायण सापकोटा उपमहासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका अनुसार अधिवेशनमा कुल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ६ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, चार जना सचिव र २४ जना सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उहाँहरू स्वतः निर्विरोध निर्वाचित हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा