
ताप्लेजुङ । जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम शुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो ।
गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्यो । यस घटनाबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उहाँको परिवार पनि विस्थापित भयो । अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो । नगरपालिकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि त्यो घटनाबाट४ लाख रुपैयाँ बराबरको क्षति भएको नगर कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन १६ गतेसम्म १५ स्थानमा आगलागीका घटना भएका छन् । ती घटनामा ११ घर पूर्ण रूपमा जलेका छन् भने ११ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार एक घटनामा श्रीमान्–श्रीमतीबीचको झगडाका कारण आगलागी हुँदा ५ लाख रुपैया बराबरको क्षति पुगेको छ । त्यस्तै, चार वटा पुलमा आगलागीबाट क्षति पुगेको छ ।
उहाँले चालु आवको ९ महिनामा आगलागीबाट ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । गत आवमा आगलागीका कारण जिल्लामा ३२ घर जलेर नष्ट भएका थिए भने एक हजार ५६० रोपनी वन क्षेत्र नष्ट भएको थियो ।
आगलागीका घटनाले जनधनको मात्र होइन, वन सम्पदा, वन्यजन्तु, पूर्वाधार लगायत संरचनामा गम्भीर क्षति पुर्याउने भन्दै सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा