
महोत्तरी । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैतदशैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।
यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदशैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताउनुभयो ।
त्यस मन्दिरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्ला लगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरु पुनःवर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा