
काठमाडौँ । राजावादीहरुले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर भाटभटेनीमा लुटपाट र तोडफोड गरेका छन् । भाटभटेनीको पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ । पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको हो ।
तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेर तोडफोड गरेको हो । त्यो समूहले सुरक्षागार्डलाई हातपात गर्दै लुटपाट र तोडफोड गरेको हो ।
राजावादी समूह बिक्रीका लागि राखिएका तरकारी, सपिङ ट्रली लगायतका सामान बाहिर निकालेर आगो लगाएका छन् । उनीहरुले ढुंगा प्रहार गरी भाटभटेनी सुपरस्टोरको भवनको सिसा समेत फुटाएका छन् ।
सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो भाटभटेनी सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो यसअघि त्यो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय र तिनकुनेको एक निजी घरमा पनि आगजनी गरेको छ ।
आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा